यस संघको विनियम २०७९ दफा २२ मा भएको व्यवस्था अनुसार १८ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सञ्चालन गर्ने सन्र्दभमा, संघको मिति २०८२।०६।२९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार देहायको मिति, समय, स्थान तथा कार्यसूची रहेको हुँदा सम्पूर्ण शेयरधनी संघ/संस्थाहरुबाट एक/एक जना प्रतिनिधि (कर्मचारी बाहेक) पठाईदिन हुँन हार्दिक अनुरोध गर्दछौं ।
साधारण सभा एंव पाँचौं अधिवेशन हुने मिति, समय र स्थान
मिति : २०८२ पौष २४ गते बिहिबार
समय ; बिहान ८ः०० बजे
स्थान : कार्की बैङ्केट्स, ९प्बचपष् द्यबलत्रगभत०, बबरमहल, काठमाण्डौ
कार्यसूचीको बिषयहरु
सञ्चालक समितिको प्रतिवेदन सम्वन्धमा ।
लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा ।
आ.व.२०८१/८२ को बार्षिक लेखापरिक्षण प्रतिवेदन अनुमोदन गर्ने सम्वन्धमा ।
आ.व.२०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा ।
आ.व.२०८२/८३ को प्रस्तावित कार्यक्रम तथा बजेट स्वीकृत गर्ने सम्वन्धमा ।
विनियम संशोधन सम्वन्धमा ।
कार्यविधिहरू संशोधन सम्वन्धमा ।
विभिन्न निकायहरूमा प्रस्तावना पेश गर्ने सम्बन्धमा ।
व्यावसायिक योजना छलफल र पारित गर्ने सम्बन्धमा ।
नियमनकारी निकायको निर्देशन सम्बन्धमा ।
१८ औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने पदाधिकारी छनौट गर्ने सम्बन्धमा ।
सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको निर्वाचन गर्ने सम्बन्धमा ।
विविध ।
साधारण सभामा प्रतिनिधिहरुले लिई आउनु पर्ने कागजातको विवरण
१. प्रतिनिधि मनोनयन सम्वन्धी सञ्चालक समितिको निर्णय प्रतिलिपी ।
२. प्रतिनिधि छनौट गरिएको वारे संघ/संस्थाको अधिकारीक पत्र ।
३. प्रतिनिधिको परिचय खुल्ने फोटो सहितको सरकारी निकायवाट जारि गरिएको परिचय पत्रको
प्रतिलिपी ।
४. संघको सदस्यता शुल्क जम्मा गरेको भरपाईको प्रतिलिपी ।
५. संस्था र पान दर्ता प्रमाण पत्रको प्रतिलिपी तथा वार्षिक प्रगती प्रतिवेदन ।(फाईल अध्यावधिक गर्न)
साथै, संघको पूर्नलिखित विनियम २०७९ दफा १७(क) मा भएको व्यवस्था अनुसार तोकिएको बार्षिक सदस्यता शूल्क समयमै बुझाउनु हुँन अनुरोध गर्दछौं । थप जानकारीका लागि संघको फोन नं.०१५१५३१७०/०१५१५३६६०/०१५१५३६६५
